Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
अफगानिस्तानमा राष्ट्रिय शोक – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अफगानिस्तानमा राष्ट्रिय शोक

रोशन मेवाहाङ / एचकेनेपाल डट कम-
काबुल, साउन, ९,२०७३ । अफगानिस्तको राजधानी काबुलको देह मजाङ्मा शनिबार एक शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका हजारौ सर्वसाधरण माँझ गराइएको दुई वटा आत्मघाती आक्रमणमा परि ८० जनाको मृत्यु र २३१ सर्वसाधरण घाईते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उक्त घटनाको जटिलताको परिणामले गर्दा मृतकको संख्या अझै बढ्ने सम्भावना मन्त्रालयले जनाएको छ । घाइतेहरुको उपचारको निम्ति रक्तदान आवाश्यक परेका भन्दै सर्वसाधरण जनतालाई स्थानीय टेलिभिजन मार्फत अफगान राष्ट्रपति घानीले अनुरोध गरेका छन्।

अफगानिस्तानको राजधानी काबुलमा सरकारले विजुलीको प्रसारण लाइन बामियान प्रान्तलाई नछुट्याई लैजान माग गर्दै सर्वसाधरण प्रर्दशनमा उर्लिरहेका थिए । अफगानिस्तानका आदिवासी हजारा अल्पसंख्यकहरुले बामियान प्रान्तदेखि टाढा पर्ने गरी सरकारले बिजुलीको प्रसारण लाइन लैजाने निर्णय गरेको प्रतिवादमा देह मजाङ् क्षेत्रमा प्रदर्शन गरिरहेका थिए । हजारौको संख्यामा रहेको आफ्नो समुदायलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरु शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका हुन् ।

सरकारले छिमेकी राष्ट्र टुर्किस्तानबाट पाँच सय किलोभोल्ट विजुली प्रसारणको मुख्य बाटो बामियान प्रान्त हुदै काबुल भित्राउने निर्णय गरेका थिए । यस अघि पनि २०१६ मेमा यसै विषय अन्तर्गत सरकारप्रति दवाव दिदै हजाराहरुले पहिलो जुलुस प्रर्दशन गरेका थिए । शनिबार भएको घटनामा इस्लामिक स्टेटले शिया समुदायको विरुद्धमा आत्मघाती आक्रमणको जिम्मा लिएको स्टेटका समाचार आयोग(एमक)ले दावी गरेको छ ।

आतंकवादी इस्लामिक स्टेट (आईएस) सक्रिय हुन थालेको करिब एक वर्ष भएको स्थानीयवासी जावेद महमोदले बताए । आइएस नगरहार प्रान्तको चार जिल्लामा बडि सक्रिय हुदै गइरहेको उनले बताए । तीन महिनादेखि अफगान सेनाले नंगहरहारको सुन्नी चरमपन्थी संगठन आईएस विरुद्ध कारबाही शुरु गरेका थिए । केहि दिनभित्र १५ आईएस आतंकवादीहरुलाई सरकारी सेनाले गोली हानी मारेका थिए । आईएसले पनि सरकार विरुद्ध युद्धको घोषणा गरेका छन् ।

अफगान राष्ट्रपति असरफ घानीले घटनाबाट आफू निकै दुखी भएको उल्लेख गर्दै भनेका छन् “शान्तिपूर्ण प्रदर्शन प्रत्येक नागरिकको अधिकार हो, तर अवसरवादी आतंकवादीले घुसपैठ गरेर केही सुरक्षाकर्मीसहित कैयौं सर्वसाधारणको ज्यान जाने र घाइते हुने गरी आक्रमण गराएका छन्। तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहीदले सञ्चारमाध्यमहरुलाई इमेल पठाउँदै हमलाको जिम्मेवारी अस्वीकार गरेका छन्।





Comments

comments

Leave a Reply

13617