Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोलोराडोमा गठित लायन्स क्लबको अगष्ट ६ मा उद्धाटन हुने

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो अमेरिका। कोलोराडोमा नेपालीहरुको सकृयतामा गठित हिमालयज लायन्स क्लब लङमन्टको अगष्ट ६ तारिखका दिन उद्धाटन हुने भएको छ । क्लबको स्थिति बुझ्न लायन्स क्लबका ईन्टर नेशनल डाईरेक्टर संजय खेतान जुलाई २८ तारिखमा नै लङमन्ट आउने भएका छन् ।

गत मे २१ का दिन स्थानीय नेपालीहरुको भेलाले कर्मभूमि अमेरिका र जन्मभूमि नेपालको सामुदायिक विकासको सहयोगार्थ लायन्स क्लब मार्फत जाने निर्णय गरे अनुसार सबै प्रकृया पुरा गरी उद्धाटन हुन लागेको हो ।

लङमन्टस्थित एभरेष्ट रेष्टुरेन्टको हलमा सांझ ६ बजे देखि सुरुहुने उद्धाटन समारोहमा नेपालबाट लायन्स क्लबका ईन्टर नेशनल सल्लाहकार सुजन कुमार श्रेष्ठ, कोलोराडो लगायत बिभिन्न स्टेटबाट लायन्सका डिष्ट्रक गर्भनर, स्थानीय मेयर, कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिध, गन्यमान्य, बुद्धिजीवी, पत्रकार लगायतका व्यक्तिहरुको उपस्थिति रहने क्लबका अध्यक्ष जोशन श्रेष्ठले बताए।

हालै गठित क्लबको अध्यक्षतामा जोशन श्रेष्ठ, प्रथम उपाध्यक्षमा प्रेमकाजी श्रेष्ठ, द्वितीय उपाध्यक्षमा पुष्पा गुरुङ, तृतीय उपाध्यक्षमा पूर्ण श्रेष्ठ रहेका छन् । त्यसैगरि अन्य पदाधिकारीहरुमा सचिव, कोषाध्यक्ष, मेम्मरसिप चेयर पर्सन, कम्यूनिकेसन अफिसर र टेक्निसियन अफिसरमा क्रमश प्रमोद श्रेष्ठ, संजय प्रधान, नारायण श्रेष्ठ, नातिबाबु भट्ट, बिक्रम श्रेष्ठ रहेका छन् । क्लवको विधान अनुसार अन्य सदस्यहरु सबै बोर्ड मेम्वर रहने छन् ।

सन् १९१७ मा अमेरिका सिकागोका एक व्यापारीको सकृयतामा स्थापना भएको यस क्लबको संजाल अहिले विश्वको २१० देशमा फिजिएको छ । कुनैपनि स्थानमा न्यूनतम २० जना सदस्य बनाएर सम्बधित डिष्ट्रीकमा निवेदन दिएपछि यसको आधिकारिक प्रकृया अगाडि बढ्छ ।





Comments

comments

Leave a Reply

13639