Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गर्लफ्रेण्डको विषयमा भएको ‘ग्याङ फाइट’ मा एकको मृत्यु

युवतीको विषयलाई लिएर क्षेत्रपाटीमा भएको ‘ग्याङ फाइट’ मा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा क्षेत्रपाटीकै सुशान्त श्रेष्ठ छन्।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा ११ जनालाई पक्राउ गरेको छ। अन्य आठजना भने फरार छन्। महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठौरका अनुसार प्रेमिकालाई अर्को युवक सरोज श्रेष्ठसँग देखेपछि सुशान्तले साउन ८ गते क्षेत्रपाटीमा ग्याङफाइटका लागि सरोजलाई बोलाएका थिए।

क्षेत्रपाटीमा दुबै पक्षबीच भिडन्त भएपछि सुशान्त पक्षका केटाहरु भागेका थिए। सुशान्तलाई सरोज पक्षका केटाहरुले मरणासन्न हुने गरी कुटेर भागेका थिए।

स्थानीयले सुशान्तलाई टेकुस्थित काठमाडौं अस्पतालमा उपचारका लागि पुर्याएका थिए। सुशान्तको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको खबर अन्नपूर्ण पोस्टमा छ।

घटनामा संलग्न भएको आरोपमा सरोज पक्षका साहस थापा, सौरभ श्रेष्ठ, साहिल खान, सागर नगरकोटी, क्रिस्टल भण्डारीलगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।





Comments

comments

Leave a Reply

13688