Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यस्तो रह्यो डिसीमा समर म्युजिकल साँझ

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी । भिन्तुना अन्तर्राष्ट्रियको आयोजनामा भएको समर म्युजिकल साँझ भव्यताको साथ सम्पन्न भएको छ।

भर्जिनियाको एलेकजेनड्रिमा आइतवार सम्पन्न ग्रीष्मकालीन संगीतात्मक साँझमा नेपालका प्रसिद्ध कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो।

संगीतात्मक साँझमा गायक दिपेश किशोर भट्टराई ,हरिश माथेमा ,बाबु बोगटी ,बिजय अधिकारी ,सुनिल उप्रेती ,निक्की कार्की ,बिनय पौडेल ,सुजाता उप्रेती नेपाली चलचित्रकि नायिका नन्दिता केसी ,सौजन संग्रौला तथा नेप्रोक्रिजले गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

दिपेश किशोर भट्टराईले मलाई माफ गरि देउ ,भेडाको उन जस्तो ,हरिस माथेमाले आँखाको नानी हौ तिमी ,मायाले माया गासी देउ तथा बाबु बोगटीले सान नानी तिमीलाई ,तिम्रो त्यो मनमा तथा तुलसी आँगनमा रोपौला लगायत अन्य चर्चित गीतहरु प्रस्तुति गरेका थिए।

प्रत्यक्ष संगीत माध्यमबाट प्रस्तुति भएको उक्त ग्रीष्मकालीन संगीतात्मक साँझमा निक्की कार्की ,बिजय अधिकारी ,सुनिल उप्रेती ,बिनय पौडेल तथा सुजाता उप्रेतीले आफ्ना तथा प्रख्यात कलाकारहरुले गाएका उत्कृष्ट गीत प्रस्तुति गर्दै दर्शकलाई मनोरंजन गराएका थिए।

दर्शकको आग्रहमा बाबु बोगटी तथा सुजाता उप्रेतीले स्व नारायण गोपालको मोहनी लाग्ला है लाहुरेको भन्ने प्रसिद्ध गीत प्रस्तुत गरेका थिए। यसै गरि नेपाली चलचित्रकी नायिका नन्दिता केसीले नेपाली संस्कृति झल्कने सम्मिश्रित गीतमा बेजोड नृत्य प्रस्तुत गरेकी थिइन् भने उनले अर्को नृत्यमा बाबु बोगटीको साथमा नृत्य प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको सुरुवातमा सौजन संग्रौलाले हिन्दी चलचित्रका केहि सदाबहार गीत प्रस्तुत गरेका थिए।

कार्यक्रमको बिचमा नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्कट एच डेलिसीले नेपाल र नेपालको लागि सहयोग गर्ने उद्देश्यले आगामी अगस्त महिना भर अमेरिकाका विभिन्न राज्यहरुमा प्रस्तुत हुने सुरसुधाको कार्यक्रम बारेमा जानकारी दिएका थिए।





Comments

comments

Leave a Reply

13699