पशन तमू / एचकेनेपाल डट कम –
हङकङ, ३ मार्च। ओभरसियस नेपाली वर्कस एशोसियेशन हङकङको ११औं वार्षिक अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। उक्त अधिवेशनमार्फत संस्थाको नयाँ कार्यसमिति गठन गरिएको छ।
कार्यक्रम गत १ मार्च २०२६ मा जोर्डन, हङकङ स्थित गाउँले रेस्टुरेण्टमा सम्पन्न भएको थियो। संस्थाका सदस्यहरू, स्वयंसेवकहरू तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थितिमा यो अधिवेशन आयोजना गरिएको थियो।
कार्यक्रमको अध्यक्षता संस्थाकी पूर्णिमा शाहले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन मिङ्मा शेर्पाले गरेका थिए। स्वागत मन्तव्य राम खड्काले दिएका थिए भने शुभकामना मन्तव्य अनिता गुरुङले व्यक्त गरेकी थिइन्।
अधिवेशनको मुख्य उद्देश्य संस्थाको नयाँ समिति गठन गरी नेपाली कामदारहरूको हकहित तथा कल्याणका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्नु रहेको थियो।
नवगठित समितिमा निम्नानुसार जिम्मेवारीहरू तोकिएका छन्:
संरक्षकहरू
युनिता गुरुङ
राम खड्का
संयोजक
पूर्णिमा शाह
उपसंयोजक
मिङ्मा शेर्पा
सदस्यहरू
सानु सुब्बा
पूर्णिमा प्रधान
जुना लामा
नमिता प्रधान
लिला निरौला
निलम शेर्पा
चन्द्रा
अर्पना शर्मा
पुष्पा सुब्बा
नन्दिता राई
भोलिन्टियर्स
बिनी लामा राई
अरुणा शर्मा
सरुना भुजेल
यो नयाँ समितिले हङकङमा बसोबास गर्ने नेपाली कामदारहरू (विशेष गरी घरेलु कामदारहरू) को अधिकार संरक्षण, समस्या समाधान, सामाजिक एकता तथा विभिन्न सहयोगी कार्यक्रमहरू सञ्चालनमा जोड दिने अपेक्षा गरिएको छ।
संस्थाका पदाधिकारीहरूले यो अधिवेशनले संस्थालाई थप सुदृढ बनाएको र आगामी दिनमा अझ सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


