चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतले विजयी भएका छन्।
मत गणनामा रवि लामिछानेले ५४४०२ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसका मिना कुमारी खरेलले १४५६४ मत पाएका छन्।
नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले ६९९२ र प्रताप गुरुङ नेपाली कम्युनिष्ट पार्टीले ४९६९ मत प्राप्त गरे।


