सुनसरी, प्रतिनिधिसभा निर्वाचन २०८२ को सुनसरी क्षेत्र नं. १ बाट हर्क साम्पाङ विजयी भएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा पूर्व धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) लाई करिब ८ हजार ५ सय मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।
निर्वाचन आयोगका अनुसार हर्क साम्पाङले ३५,७४१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी गोमा तामाङले २७,२४९ मत ल्याएकी छन्। मतान्तर ८,४९२ रहेको छ।
सुरुमा गोमा तामाङले केही मतले अग्रता लिएकी थिइन् तर क्रमशः मतगणना बढ्दै जाँदा हर्क साम्पाङले लगातार अग्रता बढाउँदै अन्तिमसम्ममा स्पष्ट बहुमतसहित विजय हासिल गरे।
हर्क साम्पाङ श्रम संस्कृति पार्टी ३५७४१
गोमा तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २७२४९
टिका राम लिम्बु नेकपा (एमाले) ६४६३
सूर्य बहादुर भट्टराई नेपाली कम्युनिष्ट पार्टी ६१८५
सुजेन्द्र तामाङ नेपाली कांग्रेस ३९७०


