न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १६ मार्च। याउ मा तेईको साङ्घाई स्ट्रिटस्थित एक फ्ल्याटमा ३२ वर्षीय नेपाली पुरुष मृत अवस्थामा भेटिएका छन्। उनी हङकङ आइडेन्टिटी कार्डधारक थिए।
आइतबार दिउँसो करिब ३ बजे उनका एक जना साथीको घरमा साथीले उनलाई बेहोस अवस्थामा देखेपछि तुरुन्तै एम्बुलेन्स र प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा पुगेका प्यारामेडिक्सले उनलाई जाँच गरे पनि मृत घोषणा गरेका थिए।
मृत्युको कारण अहिलेसम्म खुलेको छैन। पोस्टमार्टम रिपोर्टपछि मात्र थप विवरण सार्वजनिक हुने प्रहरीले जनाएको छ। यो घटनालाई प्रहरीले “शव फेला परेको” मुद्दाको रूपमा दर्ता गरेको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
(स्रोत: द स्ट्यान्डर्ड तथा अन्य स्थानीय सञ्चारमाध्यम)


