काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बिहान उनलाई बुढानीलकण्ठ (केही स्रोत अनुसार महाराजगन्ज) बाट पक्राउ गरेको हो।
सीआईबी प्रमुख एआईजी मनोज केसीले पक्राउको पुष्टि गरेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको आधारमा उनी नियन्त्रणमा लिइएका हुन्।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ मा उनको निवासमा भएको आगजनीको घटनामा नेपाली रुपैयाँसहित विदेशी मुद्रा फेला परेको थियो।
त्यसको फरेन्सिक परीक्षणबाट पुष्टि भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अघि बढाएको थियो।
यसबाहेक उनीमाथि नेपाल स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ। सीआईबीले थप अनुसन्धान गरिरहेको छ।


