लुम्बिनी प्रदेश सांसद शर्मा पक्राउ

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार राति धुम्बाराहीस्थित घरबाटै गिरफ्तार गरेको हो।

सांसद शर्मामाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको र शारीरिक तथा मानसिक हिंसा गरेको आरोप छ।

काठमाडौं महानगरपालिकाले २०८१ जेठमा बालुवाटारस्थित उनको घरबाट उक्त बालिकाको उद्धार गरेको थियो। बालिकालाई घरेलु कामदारका रूपमा राखेर कुटपिट, बाहिर निस्कन नदिने र उचित बसोबास नदिएको भन्दै महानगरले बालबालिका सम्बन्धी ऐनअन्तर्गत जाहेरी दर्ता गरेको थियो।

यसअघि, सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरे पनि पछि प्रहरीले थप अनुसन्धान गर्दै सांसद शर्मालाई पक्राउ गरेको हो।

सांसदका श्रीमान् चिन्तामणि शर्माले प्रहरीले घरबाटै उनलाई लगेको बताएका छन्।

सांसद शर्माविरुद्धको उजुरी दुई वर्षअघि परेको थियो । प्रहरीले बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान अघि बढाएको जनाएको छ।





Comments

comments

137821