न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ६ अप्रिल। हङकङको मोङ कोकस्थित होइ फु कोर्टको होइ लाम हाउसमा सोमबार बिहान एक नग्न पुरुषको भवनबाट खसेर मृत्यु भएको छ।
प्रहरीले घटनालाई ‘शव फेला परेको’ मुद्दाको रूपमा अनुसन्धान गरिरहेको छ। बिहान ४:५२ बजे अचेत अवस्थामा फेला परेका ती पुरुषलाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने हालसम्म सुसाइड नोट फेला परेको छैन।
यदि तपाईं वा तपाईंले चिन्नुभएको कोही मानसिक तनावमा हुनुहुन्छ भने मद्दतका लागि यी हटलाइनहरूमा सम्पर्क गर्न सक्नुहुन्छ:
सामरिटान्स मल्टिलिङ्गुअल (बहुभाषी) हटलाइन: २८९६ ००००
हङकङ सामरिटान प्रिभेन्ट सुइसाइड सोसाइटी: २३८९ २२२२
लाइफ हटलाइन: २३८२ ००००
सोसल वेलफेयर डिपार्टमेन्ट: २३४३ २२५५
हस्पिटल अथोरिटी मेन्टल हेल्थ हटलाइन: २४६६ ७३५०
क्याथोलिक डाइओसेसन हटलाइन: १८२८८
तुङ वाह हस्पिटल हटलाइन: १८२८१
“इमोशनल सपोर्ट” हटलाइन: १८१११
यदि तपाईं वा कोही आफन्त भावनात्मक संकटमा हुनुहुन्छ भने कृपया माथिका हटलाइनहरूमा सम्पर्क गर्नुहोस्। सहायता उपलब्ध छ।


