आगलागीमा परी एक जनाको मृत्यु

सन्दर्भ तस्विर

कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी हुँदा एकजना मजदुरको मृत्यु भएको छ।

सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका गाङ्खेतका ५० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको हो।

लामखुट्टे भगाउन अण्डा राख्ने क्रेटबाट आगलागी भएको हो। बोहोराले लामखुट्टे भगाउन अण्डाको क्रेट बालेका थिए। स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो। क्षतिको पूर्ण विवरण आउन बाँकी छ। रासस





Comments

comments

138260