काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सन् २०२६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार साँझ प्रकाशित गरेको छ।
परीक्षामा सहभागी मध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन्।
बोर्डका अनुसार कुल ५ लाख १२ हजार ४२१ परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षामा ४ लाख ४१ हजार ५६६ नियमित र ७० हजार ८५५ ग्रेड सुधारका लागि परीक्षा दिएका थिए। यसमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ अन्य विद्यार्थी सहभागी थिए।
परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै मूल्यांकन गरिएकाले नतिजा छिटो प्रकाशन गर्न सकिएको बोर्डले जनाएको छ।
नतिजा बोर्डको आधिकारिक वेबसाइट, एसएमएस तथा विभिन्न अनलाइन पोर्टलमार्फत हेर्न सकिनेछ।
सएमएस र आईभीआर
नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
एम्बिसन गुरु: ३१०६१ (SMS सेवा मात्र)
वेबसाइट
आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम: www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
इडियु सञ्जाल: www.see.edusanjal.com
खल्ती: https://khalti.com/app


