हङकङमा विदेशी घरेलु कामदारको मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १८ मे। हङकङको ताइवाइस्थित वर्ल्ड गार्डेनको लिली कोर्ट, लुङ पाक स्ट्रीट नं. ९ मा सोमबार बिहान ५२ वर्षीया घरेलु कामदारको बेहोस भएर मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहान ६ः२५ बजे उक्त घरेलु कामदारलाई आफ्नो युनिटको बाथरूममा बेहोस अवस्थामा फेला पारिएपछि घरमालिकले प्रहरीलाई खबर गरेका थिए।

अग्नि नियन्त्रक तथा चिकित्सक टोली घटनास्थलमा पुगेर बेहोस महिलालाई तत्काल एम्बुलेन्समार्फत शा टिनस्थित प्रिन्स अफ वेल्स अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

प्रहरीले यो घटनालाई “बेहोस भएर अस्पताल लग्दै गर्दा मृत्यु” भनेर वर्गीकरण गरेको छ। मृतक हङकङ आईडी कार्ड बोकेकी थाई नागरिक भएकी जनाइएको छ। मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।





Comments

comments

138685