Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘ब्लडमनी’ तिर्न नसक्दा साउदी जेलमा मृत्यु पर्खेर बसेका ७ नेपालीहरु…

बढी समय बाँच्ने चाहना कसलाई हुँदैन? धेरै कमाएर जीवन सुखी बनाउने सपना देख्दै साउदी अरब पुगेको सात नेपाली त्यहाँको जेलमा जीवनमरणकै दोसाँधमा छन्।

सडक दुर्घटनामा ज्यान लिएको अभियोगमा मृत्युदण्ड सुनाइएका उनीहरु साउदी जेलमै जीवनको आशा पालेर बाँचिरहेका छन्।

मृत्यु भएका परिवारलाई ‘ब्लडमनी’ बुझाउन सके उनीहरुले अरु समय बाँच्न पाउँथे। जीवनको भिख मागे पनि राज्यले चासो दिएको छैन। बाँच्न पाइने आशा भने अझै मरिसकेको छैन उनीहरुमा।

नेपाली साझा मञ्चका अनुसार दुर्घटनाका कारण मारिएका मृतकका परिवारमध्ये केहीले ब्ल्डमनी माफी दिँदा समेत पहल गरिदिने निकाय नहुँदा जेलमुक्त हुन पाएका छैनन्। नागरिक दैनिकमा खबर छ।

कतिपयले आफन्तमार्फत नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा हारगुहार गरेपनि सरकारी पक्षले चासो दिएको छैन। मञ्चले पीडितको तत्काल उद्धारका लागि पहल गर्न नेपाल सरकारसमक्ष आग्रह गर्दै सबैबाट पीडितहरुको उद्धारमा सहयोग गर्न अपिल गरेको छ।

सडक दुर्घटनामा बंगलादेशी नागरिकको मृत्युको कारक बनेका सुरेश मण्डल मृतकका परिवारले माग गरेको ५ लाख टाका (६ लाख ८० हजार रुपैयाँ) पनि तिर्न नसक्दा अलहसा जेलमा छन् । उनीबारे परिवारले समेत सोधखोज गर्न छाडिसके भनिन्छ । मण्डलले जेलजीवन बिताएको साढे ६ वर्ष भइसक्यो ।

धनुषा, पुष्पवलपुर–१, रतनपुरका सञ्जीवकुमार यादव साढे दुई वर्षयता जेलमा छन् । सवारी चलाउने क्रममा एक भारतीयको मृत्यु भएपछि उनलाई ज्यानमुद्दामा जेल चलान गरियो । मृतकका परिवारले ९७ हजार ७ सय साउदी रियाल मागेकामा बुझाउन नसक्दा उनी अलहासा जेलमा छन् । उद्धारका लागि उनी आफैंले दूतावासमा लिखित निवेदन पठाएका थिए ।

यादवको रिहाइका लागि परिवारबाट बारम्बार दूतावासमा अनुरोध गरिए तर ब्लडमनी बुझाउने व्यवस्था नहुँदा मुक्त हुन सकेका छैनन् ।

सर्लाही, कर्मैया–५ का विष्णुहरि पाण्डे रियादस्थित मलाल जेलमा बसेको तीन वर्ष बढी भयो । सडक दुर्घटना क्रममा एक साउदी नागरिकको मृत्यु भएको मुद्दामा उनीसँग ३ लाख साउदी रियाल ब्लडमनी माग गरिएको छ । सोही रकम तिर्न नसकेर माफी पाउने समयको प्रतीक्षामा जेलमै भित्ता कोरेर बस्ने गरेका छन् उनी ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

13879