होटलमा टुर गाइडसँग मस्ती गर्दागर्दै समातिइन् कोकिन कारोबारी

काठमाडौं, बोलिभियन महिला आफ्नो काम सकेर टुर गाइडसँग राजधानीको एक होटलमा रमाइलो गरिरहेकी थिइन् । काम फत्ते गरिएको खुसीयालीमा उनले नेपाली टुर गाइडलाई मंगलबार राती आफैसँग बस्न आग्रह गरिन् । आजको राजधानी दैनिकमा खबर छ।

गाइड पनि ती महिलासँग बस्न राजी भए, अनि सँगै होटलमा बसे । ती महिला र टुरगाइड दुवैले प्रहरीले पिच्छा गरेको सुईंकोसम्म पनि पाएको थिएनन् ।

होटलसम्म आइपुग्छ र पक्राउ गर्छ भन्ने कूनै शंका पनि भएन, उनीहरुलाई त्यसपछि दुवै एक आपसमा रमाइलो गरिरहेका बेला एक्कासी लागु औषध ब्यूरोको टोलीले उनीहरु बसेको होटलमा पुग्यो ।

मंगलबार राति जब प्रहरी होटलको कोठामा पुग्यो, नेपाली गाइड र ती महिला एउटै बेडमा थिए । धन्न ती गाइडलाई महिलाको धन्दाको बारेमा थाहा थिएन भन्ने कुरामा प्रहरी विश्वस्त भयो ।

नत्र उनीहरु पनि ठूलो समस्यामा पर्ने थिए । प्रहरी ३ किलो ५४.५ लागूऔषध कोकिनसहित विमानस्थलमा परेकी थाई महिला वारान्या कावापिकुलालाई लिएर होटल पुगेको थियो ।

बोलिभियन महिला रोसिगुडे टोलेडो भाईले जोशले ल्याएको कोकिन वारान्याले मलेसिया लैजान खोज्दै गर्दा विमानस्थलमा प्रहरीले पक्राउ गरेको थियो ।





Comments

comments

Leave a Reply

13884