पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन्। लेक लागेर मृत्यु हुनेमध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन्।

आर्थिक वर्ष २०७८/७९ देखि आव २०८२/८३ को जेठ १५ गतेसम्म लेक लागेर १६ नेपाली र ४२ विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ।

प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षको सुरुआती वर्ष मुस्ताङमा लेक लागेर आव २०७८/७९ मा छ जना, आव २०७९/८० मा १२ जना, आव २०८०/८१ मा १४ जना, आव २०८१/८२ मा १३ जना र चालु आव २०८२/८३ को जेठ १५ सम्म १३ जना गरी ५८ जना पर्यटकले ज्यान गुमाएका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। उकालो उक्लँदै गर्दा अक्सिजनको मात्रा कम भई लेक लाग्ने समस्या हुन्छ। रासस





Comments

comments

138991