काठमाडौँ । साउदी अरबमा अलपत्र परेका कैलाश अधिकारीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो आएको १२ घण्टा भित्रमा एक्सन लिएर कार्यालयले उद्धार गरेको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
उनले सम्झौताअनुसारको तलब र सेवासुविधा नपाई कठिनाइ भोगिरहेको भन्दै गुनासोसहितको उजुरी कार्यालय आएको थियो।
मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा शिवन्तराज अधिकारी नामक खातामार्फत कैलाशको दयनीय अवस्था, सुरक्षित आवासको अभाव र श्रम शोषणसम्बन्धी गुनासो सार्वजनिक भएको थियो । हाल कैलाशलाई आवश्यक परामर्श, सहयोग र संरक्षणमा राखिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार कैलाश अधिकारी नेपाल फर्किएलगत्तै घटनाको विस्तृत छानविन भइरहेको बताइएको छ। रासस


