Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अन्ततः विजय गच्छदारलाई दुई मन्त्रालय दिने सहमति

मधेसी मोर्चा गठबन्धनले तत्काल आफूहरु सरकारमा नजाने बताउँदै आएको छ । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई भने दुई मन्त्रालय दिन कांग्रेस–माओवादी सहमत छन् ।

लोकतान्त्रिकले उपप्रधानमन्त्रीको समेत माग गरेको छ । तर, सत्तासाझेदार दुई दल उपप्रधानमन्त्री नदिने रणनीतिमा छन् ।

साना दलका तर्फबाट आफूलाई मन्त्री बनाउन बहुजन शत्तिः पार्टीका नेता विश्वेन्द्र पासवानले प्रधानमन्त्रीसँग आग्रह गरिसकेका छन् ।

तर, साना दलका तर्फबाट कुन–कुन दललाई सरकारमा लिने भन्नेमा कांग्रेस–माओवादी सहमतिमा पुगिसकेका छैनन् । जसले गर्दा अब विस्तार हुने मनत्रीपरिषद्मा साना दलका मन्त्रीहरु नपर्ने बालुवाटार स्रोतले बतायो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।





Comments

comments

Leave a Reply

13910