हो म्यान टिन आगलागीमा एक महिलाको मृत्यु, ३ जना घाइते

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २६ जुन । आज बिहान करिब १० बजे हो म्यान टिनमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्।

आगलागी हो म्यान टिनको ताइ पिङ रोड ५ नम्बरमा रहेको वाह हिन हाउसमा भएको थियो।

मृत्यु हुनेमा ५० वर्षीया एक महिला रहेको पुष्टि भएको छ। आगलागी भएको युनिटमा आमा–छोरी थिए।

२१ वर्षीया छोरीले आगो लागेको रिपोर्ट गरेकी थिइन्। केही समयपछि आमाको अवस्था गम्भीर रहेको थाहा पाएपछि उद्धार टोलीले उनलाई बेहोस अवस्थामा फेला पारेको थियो। अस्पताल पुर्‍याए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।

अन्य ३ जना घाइते दुई महिला र एक पुरुषलाई धुवाँको असरले अस्वस्थता भएको थियो। उनीहरूलाई क्वाई ह्वा अस्पताल लगिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार इलेक्ट्रिक एक्सटेन्सन बोर्डमा खराबी भएर आगलागी भएको देखिएको छ।

फायर सर्भिसले घटनालाई लेभल वान फायर घोषणा गर्दै ठूलो संख्यामा दमकल र उद्धारकर्मी परिचालन गरेको थियो।





Comments

comments

139377