विमल घर्तीमगरले एसियाड खेल्न नसक्ने

यू–१६ राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीमगरले आसन्न १७ औं एसियाली खेलकुद प्रतियोगितामा नखेल्ने सम्भावना बढेको छ। एसियाली फुटबल महासंघ (एएफसी) यु–१६ च्याम्पियनसिप अन्तर्गत समूह चरणको उत्तर कोरियाविरुद्धको खेलमा उनी चोटग्रस्त बनेका बिमलको खेल्ने सम्भावना कम भएको छ। उनको खुट्टामा चोट लागेको छ।

आजको नयाँपत्रिकामा खबर अनुसार प्रतियोगिताअघि पनि विमलको सोही खुटटा चोटग्रस्त थियो। त्यसैले एसियाडका लागि थाइल्यान्डबाट दक्षिणकोरियातर्फ जानुको सट्टा शनिबार अन्य सहकर्मीसँगै नेपाल फर्कन सक्नेछन्। नेपाली टोलीका सहायक प्रशिक्षक सुनील श्रेष्ठले विमल खेल्नसक्ने अबस्थामा नरहेको प्रतिक्रिया दिएका थिए।

‘यसअघि पनि उनको खुट्टामा चोट लागेको थियो,फेरि सोही खुट्टामा चोट थपिएको छ’,उनले भने,‘विमलले तत्काल खेल्न सक्ने अबस्था छैन ।’ विमल घाइते भएको खेलमा उत्तरकोरियासँग नेपाल ४–१ ले पराजित भएपछि नेपालको अर्को वर्ष यु–१७ विश्वकप खेल्ने सपना समाप्त भएको थियो।

नेपालले त्यसअघि समूह चरणको खेलमा साविक विजेता उज्वेकिस्तानलाई १–१ बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा कुवेतलाई २–१ ले पराजित गरेको थियो।





Comments

comments

1396