लोमान्थाङमा नयाँ पुल बनेपछि …

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित छोर्तेन छोमा खोलामा निर्मित मोटरेबल पुल सञ्चालनमा आएको छ।

करिब रु ७५ लाख ४५ हजार लागतमा निर्माण भएको आठ दशमलव पाँच मिटर लामो पुलले लोमान्थाङ–१ र २ लाई जोडेको छ। पुल निर्माणपछि निफुक गुम्बा, झोङ गुफा र गर्फु गुम्बासम्म पुग्न पनि सहज भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज भएको बताए। पुल सञ्चालनमा आएपछि कोरला नाका अवलोकन गर्न आउने पर्यटकलाई सहज हुनेछ। नवनिर्मित पुलको उद्घाटन लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बुधबार गरेका छन्। रासस





Comments

comments

139662