नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा

काठमाडौँ । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष आज पूरा भएको छ।

यस अवसरमा नेपालका लागि चीनका राजदूत चाङ माओमिङले दुई देशबिचको परम्परागत मित्रता, पारस्परिक सम्मान र पारस्परिक हितमा आधारित सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

राजदूत चाङले जारी गरेकाे शुभकामना सन्देशमा चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षगाँठका अवसरमा जारी शुभकामना सन्देशमा विगत ७१ वर्षदेखि दुवै मुलुकबिच दिगो मित्रता, पारस्परिक सम्मान र आपसी लाभमा आधारित सहकार्य निरन्तर सुदृढ हुँदै गएको उल्लेख गरिएको छ।

सन्देशमा उनले नेपालसँगको परम्परागत मित्रतालाई निरन्तर अघि बढाउँदै विकास र समृद्धिका लागि चिरस्थायी मित्रतामा आधारित रणनीतिक साझेदारीलाई थप उचाइमा पुर्याउन तथा त्यसबाट दुवै देशका जनतालाई अझ बढी लाभ पुर्याउन नेपालसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन्।

सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुवै मुलुकबीच राजनीतिक, आर्थिक, पूर्वाधार, व्यापार, शिक्षा, संस्कृति तथा जनस्तरीय सम्बन्धलगायत विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ। रासस





Comments

comments

140105