Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

न्युज अपडेटः हङकङको युन लङबाट हराएकी नेपाली बृद्धा फेला परिन्


न्युज अपडेटः हङकङको युन लङबाट हराएकी नेपाली बृद्धा फेला परिन्

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २ सेप्टेम्बर। हङकङको युन लङ बजारबाट हराएकी नेपाली बृद्धा गोकुल कुमारी दर्लामी फेला परेकी छन्।

७२ वर्षीया दर्लामीलाई लोङ पिङस्थित अौद्योगिक क्षेत्र वाङ चाउबाट शुक्रवार बिहान करीब ६ बजे सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उनको साथमा रहेको गरगहनासमेत सुरक्षित रहेको जनाइएको छ।

दर्लामी विहीवार दिउंसोदेखि परिवारको सम्पर्कमा नरहेपछि प्रहरीको सहयोगमा खोज तलाश शुरु गरिएको थियो। नेपालीहरुले सामाजिक सञ्जालहरुमा समाचारहरु शेयर गर्दै दर्लामीको खोजी अभियानलाई तीब्र पारेका थिए।

हङकङको युन लङबाट एक नेपाली बृद्धा बेपत्ता
न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १ सेप्टेम्बर। हङकङको युन लङ बजारबाट बिहीवार दिउंसोदेखि एक नेपाली बृद्धा हराएकी छन्।

दर्लामी गोकुल कुमारी युन लङबाट हराएकी प्रहरीले जनाएको छ। ७२ वर्षीया दर्लामीलाई कसैले कतै देख्नु भयो भने 67041252 , 93466891 मा खबर गरिदिन आग्रह गरिएको छ।





Comments

comments

Leave a Reply

14103