सहाराको देउसीभैलोबाट साढे ११ लाख संकलन

–

पोखरा । सहारा क्लब पोखराले तिहार अवसरमा आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट साढे ११ लाख रुपैयाँ संकलन भएको छ।

सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले क्लबले तिहार अवसरमा देउसीभैलो कार्यक्रम गरेको थियो। गत कात्तिक २२ देखि २६ गतेसम्म सञ्चालित पाँचदिने कार्यक्रमबाट ११ लाख ६८ हजार ६१३ रुपैयाँ संकलन भएको क्लबले जनाएको छ।

–

क्लबका सहकोषाध्यक्ष विष्णु गुरुङको संयोजकत्वमा देउसीभैलो कार्यक्रम भएको हो । कलाकारले देउसीभैलोको मौलिक प्रस्तुति देखाएका थिए। आफ्नो अमूल्य समय, श्रम, कला, संस्कृति र सिर्जनामार्फत देउसीभैलो कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्णप्रति क्लबले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

क्लबले कठिन परिस्थिति तथा विपन्न वर्गका बालकहरूलाई निःशुल्क आवासीय सुविधासहित फुटबल प्रशिक्षण प्रदान गर्ने उद्देश्यले पोखरा–१७, दोबिल्लामा सहारा एकेडेमी सञ्चालन गरेको छ। एकेडेमीमा हाल विभिन्न जिल्लाका ३० जना बालकहरू आश्रित छन्।

–

संकलित बचत रकम बालकहरूको आवास, भोजन, शिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण तथा एकेडेमी सञ्चालन र व्यवस्थापनमा उपयोग गरिने क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए।

क्लब अध्यक्ष केशवबहादुर थापाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि क्लबको यस मानवीय तथा सामाजिक अभियानमा निरन्तर साथ, सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा गरिएको जनाए।





Comments

comments

142320