Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जन्डिसले फेरि खोस्यो अर्का चर्चित गायकलाई, ‘गोरेटो अनि उस्तै छ गल्ली’का गायक सुनील बर्देवाको निधन

चर्चित गीत ‘गोरेटो अनि उस्तै छ गल्ली’ का गायक सुनील बर्देवाको निधन

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, २९ भाद्र। चर्चित गीत ‘गोरेटो अनि उस्तै छ गल्ली’ का गायक तथा संगीतकार सुनील बर्देवाको निधन भएको छ।

जन्डिसले ग्रस्त बर्देवाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मंगलबार साँझ निधन भएको हो। दिउँसो अचानक रगत वान्ता गरेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

‘मेट्रिक्स’ नामक ब्यान्डबाट गाउन सुरु गरेका बर्देवाका ‘गोरेटो अनि उस्तै छ गल्ली’, ‘मायालु तिमीलाई’, ‘बिहानीमा अनि साँझमा’लगायतका दर्जनौँ गीत चर्चित छन्।

उनी गायक तथा संगीतकार मात्र नभएर चर्चित एरेन्जर, गीतकार तथा गितारिस्टसमेत थिए।

सन् २००७ मा ‘गोरेटो अनि उस्तै छ गल्ली, तिमी कतै भुल्यौं कि…’ गीतबाट उनी पपगायनमा स्थापित र लोकप्रिय बनेका थिए।

उनको मेरो गितार, कन्फ्युज, जब म, बेस्ट अफ सुनील बर्देवालगायत आधा दर्जन गीति एल्बम प्रकाशित छन्।

साठीको दशकमा उनले चर्चित नवीन के भट्टराई, निमा रुम्बालगायत पप गायकका अधिकांश गीत एरेन्ज गरेका थिए।

काठमाडौं स्थायी घर भएका बर्देवाकी श्रीमतीको दुई वर्षअघि नै निधन भइसकेको छ। उनका एक साना छोरा छन् र छोरी चितवनमा डेन्टिस्ट अध्ययन गरिरहेकी छन्।





Comments

comments

Leave a Reply

14241