Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पासपोर्टबिना सुडान पुगेका २ सय ३२ नेपाली शान्ति सैनिक फर्काइए

काठमाडौं – दक्षिण सुडान सरकारले राहदानी नबोकी खार्तुन विमानस्थल पुगेका २ सय ३२ नेपाली शान्ति सैनिकलाई काठमाडौंमै फिर्ता गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुडानको राजधानी खार्तुन पुगेका नेपाली शान्ति सैनिकलाई राहदानी नभएपछि त्यहाँको अध्यागमन विभागले विमानस्थलबाटै नेपाल फर्काएको छ।

‘राहदानी बिना प्रवेश सम्भव छैन, दक्षिण सुडान अध्यागमनका अधिकारीको भनाइ उदृत गर्दै सैनिक उच्च अधिकारी भनाइ उदृत गर्दै सैनिक स्रोतले भन्यो , त्यसपछि काठमाडौं फिर्ता हुनुको विकल्प थिएन ।’

फिर्ता हुनुअघि सुडानस्थितमिसन हेडक्वार्टरसँग समेत समन्वय भएको थियो । तर अध्यागमनका अधिकारीले बिना राहदानी कसैलाई पनि प्रवेश दिन नसकिनेमा अडिग भएको स्रोतले बतायो।

शान्ति मिसनका लागि उडेको जहाज सम्बन्धित मुलुकको अध्यागमनले फिर्ता गरेको यो पहिलो पटक भएको खबर कारोबार दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

14253