Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मिस गण्डकी सिजन ३ को पहिलो अडिशन सम्पन्न

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा, ३१ भदौ। रियल इभेन्ट म्यानेज्मेन्ट र एस.टी. क्रियशनको संयुक्त आयोजना पोखरामा हुदै गरेको मिस गण्डकीको तेश्रो संस्करणको पहिलो अडिशन पोखरामा सम्पन्न भएको छ।

अडिशनमा गण्डकी अञ्चलका जम्मा १४ जना सुन्दरीहरुले अन्तरबार्ताको आधारमा अडिशन दिए।

प्रतियोगिताकी बिजेताले स्कुटर र चाँदीको क्राउन पाउनेछिन् । मिस गण्डकीको तेश्रो संस्करणको दोश्रो अथवा अन्तिम अडिशन असोजको १४ गते गरिने छ।

कार्यक्रमलाई गत बर्ष जस्तै टेलिभिजन रियालिटी शो बेसमा गरिने कार्यक्रम संयोजक प्रदिप ढुंगानाले जानकारी गराए।

प्रतियोगिताको कोरियोग्राफी सञ्चारकर्मी सुरज थापाले गर्नेछन्। तेश्रो संस्करणको प्रायोजकहरुको बिषयमा अर्को हप्ता पत्रकार सम्मेलन मार्फत जानकारी गराईने रियल इभेन्ट म्यानेज्मेन्टका प्रबन्ध निर्देशक शुशिल पोखरेलले जानकारी गराए।

फोटो ः सुरज श्रेष्ठ, एस.टु प्रोडक्शन, ठिकठाक डटकम





Comments

comments

Leave a Reply

14284