Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकामा नेपालीले यसरी देखाए नेपाल प्रेम (फोटो फिचरसहित)

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा सम्पन्न हे मार्केट दिवसमा नेपाली समुदायले उल्लेख्य मात्रामा सहभागिता जनाए।

डिसी महानगर क्षेत्रको सक्रिय सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज तथा एएनएचएस प्रतिष्ठानको बिशेष सहभागितामा हे मार्केट डे नामकरण गरिएको कार्यक्रम ऐतिहासिक हुन पुग्यो।

नेपालको पहिचान झल्काउने पुरुषले नेपाली दौरा सुरुवाल ,नेपाली टोपी तथा महिलाहरुले एकनासको फरिया सहितको झाँकी तथा प्रदर्शन गर्दै नेपाली गीतमा नाच्दै झुम्दै परिक्रमा गर्ने क्रममा बिदेशीहरुले भब्य स्वागत कर्तल ध्वनिले गरेका थिए। नेपालीको प्रस्तुती सबैभन्दा राम्रो रह्यो। कार्यक्रममा बालबालिका ,बृद्धवृद्धा तथा सबै उमेरका नेपाली समुदायको सक्रिय सहभागिता देखिएको थियो।

विश्व भरका विभिन्न देशका बिबिध थरिका झाँकी तथा आफ्ना देशका पोशाकसहित प्रतिनिधिन्त्व गरेका भए पनि नेपाली समुदायको सहभागिता र पोशाक अद्वितीय रहन पुग्यो।

उक्त प्रदर्शनमा नेपाली समुदायको उपस्थितिले सबै नेपालीको गौरब ,पहिचानको साथै गरिमा बृद्धि समेत गराएको आयोजकले बताए। परेड दिवसमा डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्थाका प्रतिनिधि तथा नेपाली समुदायमा उपस्थिति पनि रहेको थियो।

कार्यक्रम बिहान ९ बजेदेखि साँझ ५ बजे सम्म चलेको थियो। कार्यक्रममा उद्यमी ,बिशेष व्यक्तित्वहरु ,राजनैतिक दलका नेताहरु ,सरकारी पदाधिकारी तथा अन्यको बिशेष सहभागिता रहेको थियो।





Comments

comments

Leave a Reply

14308