Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रचण्डले यसरी गरे राजनीतिक बेइमानी…

यसकारण कांग्रेसलाई राष्ट्रपति दिइएन
राष्ट्रपतिको भारत भ्रमणको पूर्वसन्ध्यामा, सरकारले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको वेला छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धलाई प्रतिकूल प्रभाव पार्ने र बजेट नै प्रस्तुत गर्न नदिने गरी सरकार परिवर्तन गर्न खेलिएको यो अत्यन्त खतरनाक योजना थियो र तरिकाका हिसाबले पनि यो ठूलो धोखा र बेइमानी थियो।

सरकारको नेतृत्वबाट बाहिरिएको डेढ महिनापछि एमाले केन्द्रीय कमिटीको बुधबारदेखि बस्ने बैठकमा अध्यक्ष केपी ओलीले पेस गर्न ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा भनिएको छ।

तीनचोटि बोली फेर्ने अस्थिर राजनीतिक स्वभाव र संकीर्ण स्वार्थ पूर्तिका लागि जस्तासुकै शक्तिसँग गठबन्धन गर्ने माओवादी चरित्रले माओवादीलाई त विखण्डन र समाप्तिको बाटोमा लैजाने नै छ, तर तत्कालका लागि देशले पनि यसको मूल्य चुकाउनुपर्ने स्थिति सिर्जना भएको छ। नयाँ पत्रिकामा खबर छ।

यसकारण कांग्रेसलाई राष्ट्रपति दिइएन
कांग्रेस लोकतन्त्रका निम्ति आवश्यक शक्ति हो । तर, ऊ पुँजीवादी शक्ति हो, परिवर्तनको विपक्षमा छ र एमालेका विरुद्ध चरम पूर्वाग्रही छ । समग्र विषयमा राष्ट्रिय सहमति नभएको अवस्थामा उसलाई राष्ट्रपति दिने कुरा उचित हुँदैनथ्यो । त्यसैले हामीले कांग्रेसलाई राष्ट्रपति दिनुपर्छ भनेर माओवादीले अगाडि सारेको प्रस्तावलाई इन्कार गर्यौँ । हामीले राष्ट्रपति निर्वाचनमा आफ्नो योजना अगाडि बढायौँ र सफल भयौँ।





Comments

comments

Leave a Reply

14341