Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गेसोको ऐतिहासिक क्षण, यसरी भयो २७ बर्षपछि नेतृत्व हस्तान्तरण… (फोटो फिचरसहित)

मिलन तमु / एचकेनेपाल डट कम –
लन्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को २७ बर्षपछि नेतृत्व परिर्वतन भएको छ। अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न दोश्रो साधारणसभाले वरिष्ठ उपसभापति कृष्णकुमार राईलाई सभापतिमा चुनेको छ।

राई सर्बसम्मत रुपमा सभापतिमा चयन भएका हुन्। गोर्खा सैनिकहरुको अधिकारको लागि शान्तिपूर्वक संघर्ष गदै आएको गेसोको २७ बर्षपछि नेतृत्व परिर्वतन भएको हो।

स्थापनाकाल सन् १९९० देखि सभापति रहेका पदमबहादुर गुरुङले 
राईलाई नेतृत्व हस्तान्तरण गरेका छन्।

गेसोको नयां कार्यसमितिमा ७ जना उपसभापति चयन भएका छन्। उपसभापतिहरुमा धर्मबहादुर तामाङ, मणिकिरांत बान्तवा राई, जीतबहादुर राई, भक्तबहादुर गुरुङ, श्रीमति कमला गुरुङ, क्षेत्रकला राई र तीर्खबहादुर पुन छन्।

महासचिवमा दशरथ राई, सचिव ओमबहादुर गुरुङ (माइला), सहसचिव रगप्रसाद पूर्जा, कोषाध्यक्ष देवीमाया पुन र 
सहकोषाध्यक्षहरुमा श्रीमति लालकुमारी गुरुङ र श्रीमति कुसुम तामाङ रहेका छन्।

गेसोले डा. चन्द्रबहादुर गुरुङलाई प्रमुख सल्लाहकार नियुक्त गरेको छ। गेसो केन्द्रीय कार्यसमिति १२९ सदस्यीय बनेको छ।

संस्थापक सभापति गुरुङलाई के जिम्मेवारी दिइने भन्नेबारे आगामी बैठकले निर्णय गरिने जनाइएको छ।

फोटोः मिलन तमु / एचकेनेपाल डट कम, सबै फोटोहरु हेर्न यहाँ जानुहोस्





Comments

comments

Leave a Reply

14345