Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

झण्डै ४ वर्षपछि काममा फर्किए कर्नेल कुमार लामा…

युद्ध अपराधमा बेलायती अदालतबाट सफाई पाएका नेपाली सेनाका महासेनानी कुमार लामाले बिहीबारबाट सैनिक मुख्यालयमा काम थालेका छन्। उनी झण्डै ४ वर्षपछि काममा फर्किएका हुन्।

बेलायतमा युद्ध अपराध सम्बन्धी मुद्दामा सफाई पाएपछि लामा असोज ४ मा नेपाल आइपुगेका थिए । ‘उनले बिहीबारबाट सैनिक जंगी अड्डामा काम थालेका हुन्,’ सैनिक प्रवक्ता ताराबहादुर कार्कीले भने । लामा फर्किए लगतै उनीसँग सेनाको कानुनी पक्षले हेरेको थियो । ‘कानुनी काम सकिएपछि उनले काम थालेका हुन्,’ प्रवक्ता कार्कीले भने।

लामामाथि माओवादीको सशस्त्र द्वन्द्वका बेला कपिलबस्तुमा जनक राउत र करिम हुसेनलाई सन् २००५ मा यातना दिएको अरोप लगाइएको थियो । सन् १९८६ मा आर्मीमा भर्ति भएका लामाले सन् २००८ मा बेलायतको (स्थायी बसोबास अनुमति) पीआए लिएका थिए। तर मुद्दा जिते लगतै उनले पीआए नदिने गरि नेपाली दुतावासबाट गृहमन्त्रालयलाई पत्र लेखिसकेको खबर कान्तिपुर दैनिकमा छ।

लामालाई सन् २०१३ को जनवरीमा आफ्नो परिवार भेट्न जाँदा बेलायती प्रहरीले समातेको थियो । उनी त्यस बेला दक्षिण सुडानमा संयुक्त राष्ट्र संघको शान्ती मिसनमा खटिएका थिए र छुट्टी मनाउन बेलायत पुगेका थिए।





Comments

comments

Leave a Reply

14360