Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मापसे गरेर कमरेडले आफ्नै सहकर्मी भर्कुन तम्सिएपछि…

जनयुद्वताका अरुको घर र पसलमा जाँडका घ्याम्पा फुटाउने र मापसे गर्नेलाई बाँधेर लडाउने कमरेडहरु अचेल आफैं मदिराविना रात बिताउन नसक्ने हालतमा पुगेका छन् ।

चपक्क पिएर थपक्क निदाए त हुँथ्यो तर नशाको रन्कोमा आफ्नै सहकर्मी भर्कुन तम्सिएपछि भने कस्ता–कस्ता मै हुँ भन्ने कम्युनिष्टको समेत खुट्टी देखेर पत्याउनुपर्ने स्थिति सिर्जना भएको हो ।

कामरेडका विद्रोही कुराले दुनियाँ थर्कमान त छन्, तर सेन्तेरेम लाएपछि मध्यराति आफ्नै साथी थर्काउन थाल्दा विप्लव माओवादीभित्र महाभारत मच्चिएको छ।

पोखरास्थित होटल मुनुको कोठा नं. १०१ मा भदौ ३० गते विप्लव अदिलका नेता बसेको कोठामा चलेको काण्ड हो यो ।

राति ११ः४० बजे अखिलका केन्द्रीय सदस्य पुष्प न्यौपाने मदिराले मत्थु भएर अर्काको कोठा ताक्न तम्सिए ।

पुष्प बसेको कोठा नं. थियो ३०४ । तर, १०१ पुगेर ढोकामा लात्ति बजारे । त्यो कोठामा काठमाडौं/पोखरा विश्वविद्यालय क्षेत्री समन्वय समितिको संयोजक भरत बल्ल र सचिव हरिश भट्ट बसेका थिए ।

पुष्पले आफूभन्दा माथिल्लो स्तरका नेतामाथि गाली बर्साए। उनीहरुले नसुनेजस्तो गरेपछि झण्डै दर्जन लात्ती ढोकामा बजारे । आजको जनआस्था साप्ताहिकमा खबर छ।





Comments

comments

Leave a Reply

14406