सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालयबाट करिब १९ करोड रुपैयाँ राजश्व संकलन गरिएको छ ।
सर्वसाधारणका लागि खुला भएको करिब आठ वर्ष अवधिमा २२ लाख २१ हजार ८९२ जना पर्यटकबाट संग्रहालयले १८ करोड ६७ लाख ३४ हजार ६५५ रुपैयाँ राजश्व असुल गरेको खबर आजको कारोबार दैनिकमा छापिएको छ।
स्थापनादेखि क्रमशः बृद्धि हुँदै गएको आम्दानी गत दुई आवमा घटोत्तरी भएको थियो । जसको कारण भूकम्प र भारतीय नाकाबन्दी थियो।
२०६५ सालमा माघ १६ गतेबाट खुला भएको संग्रहालयमा १३७ जना कर्मचारी छन्। उनीहरुकालागि गत साल ४ करोड रुपैयाँ खर्च भएको थियो ।
जनता गुनासो गर्छन्- पूर्वराजा वीरेन्द्रको निजी निवास श्री सदन र श्रीपेच कहिले हेर्ने? शुक्रबार संग्रहालयमा भेटिएका चौमतीकी तारा कुँवरले भनिन्,‘ वीरेन्द्रको दरबार र श्रीपेच हेर्न पाइएन।’
पहिलेको राजदरबारको क्षेत्रफल ७५४ रोपनी आठ पैसा तीन दाम छ। यसलाई व्यवस्था परिवर्तनपछि नारायाणहिटी संग्रहालय बनाइएको हो।