Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रसुवागढीमा रोकिए चीनबाट आएका तीन सयभन्दा बढी कन्टेनर

दसैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएका छन्।

स्थानीयका अनुसार कन्टेनर साँघुरो सडकमै राख्दा जोखिम बढेसँगै आवतजावतमा पनि समस्या भएको खबर आजको अन्नपूर्णपोष्टले छापेको छ।

सिन्धुपाल्चोकको तातोपानी नाका विनाशकारी भूकम्पका कारण बन्द भएपछि उत्तरतिर रसुवागढी नाकामात्र सञ्चालनमा छ। स्याफ्रुबेसी -रसुवागढी सडकको बीचमा पर्ने टिमुरेमा १५ दिनदेखि तीन सय कन्टेनर थन्किएका छन्।

भन्सारमा कर्मचारीको अभावमा दैनिक २०/२५ वटा कन्टेनरको सामानमात्र जाँच हुँदा समस्या भएको छ। समयमा नै भन्सार जाँच हुन नसक्दा लामो समयदेखि सयौं गाडी पालो कुरेर बसिरेहका छन्।





Comments

comments

Leave a Reply

14487