Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकामा छक्का पन्जाको कीर्तिमान

विजय थापा ,वाशिंगटन डीसी –

भारतका महात्मा गान्धीको जन्म दिवसको अवसर पारेर अमेरिकाको डीसी महानगर क्षेत्रमा अक्टोबर २ तारिखमा प्रदर्शन गरिएको नेपाली चलचित्र छक्का पन्जाले नयाँ कीर्तिमान कायम गरेको छ।

दर्शकसंग गरिएको अन्तरवार्ता तथा आयोजकसंग गरिएको कुराकानी अनुसार चलचित्रलाई राम्रो कथा वस्तु दिन सक्यो भने चलचित्र आफै चल्ने अधिकाशंले बताए।

अमेरिकाको डिसि महानगर क्षेत्रमा प्रदर्शन गरिएको बिगतका थुप्रै नेपाली चलचित्रमध्ये सबैलाई उछिन्दै ४ सय २० दर्शक हेर्ने स्थान भएको चलचित्र कक्ष पुरै भरिएर मानिस उभिएर र अतिरिक्त कुर्सि समेत लगाएर हेर्नु परेको अवस्था भएको थियो। टिकट सबै बिकेको आयोजकले बताए।

चलचित्र शुरु भएको १ घण्टापछि पनि दर्शक हेर्न आउदै गरेका थिए भने सबै वर्गका दर्शक चलचित्र राम्रो भएको सुनेर आएका बताए। बिगतमा प्रदर्शन गरिएका चलचित्र हेर्न दर्शकलाई प्रतिक्षा गर्नु पर्ने अवस्था रहेता पनि आज प्रदर्शन गरिएको छक्का पन्जाले नौला कीर्तिमान गरेको छ।

दर्शकले चलचित्रले सबै कुरा समेटेको भन्दै खुब हास्न पाईएकोमा दंग पर्दै अब नेपाली चलचित्र राम्रो बन्न लागेकोमा खुशी ब्यक्त गरेका छन्।

दर्शकले कलाकार निर्देशक दीपाश्री निरौला तथा दिपक गिरिले ज्यादै मेहनत गरेर बनाएकोले यस्तै चलचित्र हेर्न पाईयोस् भनि आग्रह समेत गरेका छन्।

प्रियंकाले यसरी गरिन् हङकङमा छक्का पन्जाको प्रमोशन हेर्नुहोस् भिडियो





Comments

comments

Leave a Reply

14498