Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धरानको पुरानोबजारमाको म्युजिक भिडियो सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता –
‘धरानको पुरानोबजारमा दुई बैनीलाई देखेथे’ भन्ने पुरानो गीतको नयाँ भर्शनको गीतको म्युजिक भिडियो विभिन्न च्यानल तथा युट्युबबाट रिलिज गरिएको छ।

युवा पुस्ताका हटकेक मोडल तथा नायक पल शाहले चर्चित मोडल अलिशा राईसंग धरानको पुरानोबजारमा भेटेपछिका दृश्यहरु धरानको पुरानोबजारमा गीतको भिडियोमा देख्न सकिन्छ । हेम सुब्बा ,निलम थापा र रोशन श्रेष्ठको समेत अभिनय रहेको गीतको छायांकन धरान –भेडेटार लगायतका ठाउँमा गरिएको छ।

पुराना लोक गायक सुरेश गन्दर्भको शब्द तथा संगीत रहेको गीतलाई बबिन लिम्बुले गाएका छन् भने रोशन श्रेष्ठको छायांकन र नमित चन्द ठकुरीको निर्देशन रहेको भिडियो योर स्टाइल प्रोडक्सनले तयार परेको हो।

तीन दशकअघिको चर्चित लोकगीतलाई अहिलेको परिवेश अनुरुप रिमेक गरिएको गायक बबिन लिम्बु बताउंछन् । भिडियो रिलिजपछि गीतले अझ उचाई लिने कुरामा उनि ढुक्क छन्।





Comments

comments

Leave a Reply

14743