Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भुटानी साँस्कृतिक कार्यक्रममा दुईवटा म्युजिक भिडियो रिलिज हुने

विजय थापा / एचकेनेपाल डट कम –
भर्जिनिया। सेप्टेम्वर २१ तारिख अमेरिकाको पेन्सिल्भेनिया राज्यको लान्काष्टरमा हुने भुटानी नेपालीहरुको साँस्कृतिक कार्यक्रममा दुईवटा म्युजिक भिडियो रिलिज हुने भएका छन्।

पहिलो म्युजिक भिडियो फूलमाथि शीत गोविन्द गिरी प्रेरणाको शव्द, शक्ति वल्लवको संगीत तथा स्वरूपराज आचार्यको स्वर रहेको छ। अनिश थापाको निर्देशन तथा सम्पादन रहेको म्युजिक भिडियोमा अनिश थापा र सविना गुरूङ्ग मोडेल रहेका छन्।

त्यस्तै, दोश्रो म्युजिक भिडियोका गायक तथा संगीतकार नरेन्द्र प्यासी हुन् भने मोडल सोमु मगर तथा रोशन अधिकारी रहेका छन्। यसको छायाङ्कन, सम्पादन तथा निर्देशन अनिश थापाको रहेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

1480