Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तिहारको चौथो दिनः आज गोबर्धन, गाई गोरु र म्हपूजा गरिदै

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, १५ कार्तिक । हिन्दूहरूको महान चाड तिहारको चौथो दिन देशभर परम्पराअनुसार गोबर्धन पूजा, गाईपूजा गोरुपूजा र म्हःपूजा गरिँदै छ। आ-आफ्नो आँगनमा लिपपोत गरी गोबर्द्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोबर्धन पूजा गरिन्छ।

द्वापरयुगमा कृष्णले आफ्नै हातले गोबर्द्धन पर्वत उचाली गोकुलवासीलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसैबेलादेखि गोबर्द्धन पर्वतको पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास छ।

आजै हिन्दु धर्मअनुसार अति पवित्र मानिने गाईपूजा गरिन्छ। मानव जीवनमा गाईको दूधलाई पोषण तत्वको रूपमा लिइनुका साथै विभिन्न धार्मिक कार्यमा यसको गहुँत र गोबर पनि प्रयोग गरिन्छ। यसैगरी वर्षभरी हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ।

यस्तै आजै नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ। संसारमा सबैभन्दा ठूलो आत्मा हो। आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता रहेको पाइन्छ।





Comments

comments

Leave a Reply

14814