अप्ठ्यारोमा केपी ओली, नेपाल समूहद्वारा ख्यारख्यार्ती

काठमाडौं, भाद्र ३१ – अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै एमालेमा असन्तुष्टि बढेको छ। नेता माधवकुमार नेपालले ओलीका काम कारवाहीमाथि सोमबारको पदाधिकारी बैठकमै प्रश्न उठाएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। पार्टीले गरेका पछिल्ला निर्णय छलफल नगरी भएको भन्दै नेपाल र उनको समूहका नेताहरु असन्तुष्ट बनेका हुन्।

संवैधानिक निकायमा नियुक्त गर्ने व्यक्तिहरु, आयोजना विकास सम्झौता (पिडिए)को बिषयमा छलफलका लागि ओलीले सोमबार बिहान बोलाएको बैठकमा नेता नेपाललाई पनि आमन्त्रण गरिएको थियो। त्यहाँ नेपाल समूहका नेताहरुले ओलीका कामकारवाहीमा प्रश्न उठाए। ‘पार्टी व्यक्तिगत लहडमा चल्छ की सामुहिक निर्णय प्रणालीका आधारमा चल्छ’ नेता नेपालको भनाई थियो- ‘यो पार्टी कसैको व्यक्तिगत पेवा होइन लाखौं लाख कार्यकर्ता र जनताको रगत र पसिनाबाट निर्मित हो।’

महाधिवेशनपछि पार्टीलाई एकढिक्का बनाएर लैजान्छु भने पनि त्यस्तो व्यवहार नभएको गुनासो नेपालको थियो। सभासद् मनोनयन, संसदमा सभापतिहरु चयन, मन्त्रीहरुको फिर्ता र नयाँ नियुक्ति, सुकुम्वासी समस्या समाधान आयोगका प्रतिनिधिहरु छनौट लगायतका बिषयमा ओलीले एकलौटी निर्णय गरेको नेपाल समूहको आरोप छ। ओली समूहले भने पार्टीको केन्दि्रय समिति बैठक नबसेको र स्थायी समिति, पोलिट ब्यूरो समेत चयन नभइसकेको अवस्थामा अध्यक्षले नै निर्णय गर्न सक्ने दाबी गर्दै आएको छ। आइतबार अध्यक्ष ओलीले नै पदाधिकारी निर्णय गर्ने पार्टीको कुनै आधिकारिक कमिटि नभएको बताएका थिए।

सोमबारको बैठकमा नेता नेपालले ‘नवौं महाधिवेशन पछाडि पार्टी कसरी चलेको छ, कसले चलाईरहेको छ, कुन संयन्त्रले निण्र्ाय गरेको छ, महत्वपूर्ण एवम् दुरगामी महत्व राख्ने निर्णयहरु भएका छन् कसको निर्णयको आधारमा भए ? भन्दै प्रश्न गरेका थिए। महाधिवेशन पछि भएका निर्णयहरुको बारेमा समिक्षा गर्न माग गरेका छन्।

सचिव प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष ओलीले पार्टीभित्रका बिषयमा छलफल गर्न सकिने बताएका थिए। नेपाल समूहकै उपाध्यक्ष भीम रावल र सचिव योगेश भट्टराईले समेत अध्यक्षको कामको आलोचना गरेपछि सोमबार बिहानको बैठक एजेण्डामै प्रवेश नगरी स्थगित भएको थियो।

उपाध्यक्ष रावलले पार्टी संस्थागत रुपमा चल्नुपर्ने भन्दै विगतका कामको समिक्षा गर्न माग गरेका थिए। सचिव भट्टराईले गुटगत आधारमा चल्ने हो भने औपचारिक घोषणा गर्न अध्यक्ष ओलीलाई चुनौती दिए। गुटकै आधारमा चल्ने हो भने त्यही अनुसार आफूहरु पनि कार्यकर्तामा जाने उल्लेख गर्दै हालसम्मका निर्णयबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए। ‘मन लाग्दा पदाधिकारी बैठक भन्दै बोलाएर राय लिए जस्तो गर्ने, मन नलाग्दा पदाधिकारी बैठक नै नबोलाउने र पदाधिकारी कुनै संरचना होइन भन्दै भाषण गर्ने अनि निर्णयमा मनपरी गर्ने?’ सचिव भट्टराईले भने।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

1488