नेपालमा भित्रिन्छ घोडा र गधाको मासु

नेपालमा घोडा र गधाको मासु आयात हुँदै आएको छ । पछिल्लो केही वर्षदेखि नेपालमा भोडा र गधासँगै खच्चरको मासु आयत हुन थालेको छ।

नेपालमा मुख्य गरी चीन, बेलायत र फ्रान्सबाट यस्ता जनावरको मासु आयात हुँदै आएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

राँगा, खसी, भेडा, कुखुरा, सुँगुर र बंगुरबाहेक गिनी, थिज, डल्फिनको मासु पनि आयात हुन्छ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३मा फ्रान्सबाट तीन लाख ९६ हजार आठ सय ६९ मूल्य बराबरको १ सय ३५ किलो घोडा, गधा र खच्चरको मासु आयात भएको थियो ।

यस्तै अघिल्लो वर्षमा बेलायतबाट तीन हजार नौ सय ६७ मूल्यबराबरको ६ किलो यस्ता मासु आयात भएको थियो । यसैगरी आर्थिक वर्ष २०६८/६९ मा चीनबाट २ हजार ९ सय २५ मूल्य बराबरको घोडा, गधा र खच्चडको २५ किलो मासु आयात भएको थियो।

नेपालमा आयत हुने यस्ता मासु पाँचतारे होटल, ठूला रेष्टुरेन्ट, कुटनीतिक नियोग र विभिन्न मुलुकबाट पार्यटकका रुपमा आउने पाहुनाले उपभोग गर्दै आएका छन् ।

तथ्यांकअनुसार नेपालीले घरमै बसेर १७ वटा मुलुकबाट आयातित मासु उपभोग गर्दै आएका छन्।





Comments

comments

Leave a Reply

14898