Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
अमेरिकामा नेपाली क्रिकेट टोली विजयी – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकामा नेपाली क्रिकेट टोली विजयी

विजय थापा ,वाशिंगटन डिसी। नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर ,सिद्धान्त लोहनीलगायत ७ जना उत्कृष्ट खेलाडीहरुसहितको नेपाली राइनोज क्रिकेट टोलीले आइतवार अमेरिकाको टेक्सास राज्यको ह्युसटन स्पार्क टोलीलाई अन्तिम खेलमा पराजित गरि बिजयी भएको छ।

नेपाली राइनोज क्रिकेट टोलीले सम्पूर्ण खेल अपराजित हुदै ५४ रन को फराकिलो अन्तरले प्रथम स्थान हासिल गर्दै ६० हजार २ सय ५० डलर प्राप्त गरेको छ।

नेपाली राइनोज क्रिकेट टोली नेता पारस खड्काले बिजयी भएकोमा हर्ष व्यक्त गर्दै नेपाली क्रिकेट टोली सहि मार्गमा भएको बताए। क्रिकेटलाई नेपालीले मन पराउने भन्दै सबै खेलाडीले ज्यादै मेहनत गरेकोले यो फल प्राप्त गरेको बताए।

आयोजक नेपाली राइनोज क्रिकेट कल्ब नेपालका भूतपूर्व राष्ट्रिय खेलाडीहरुको पहलमा नेपालका क्रिकेट खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने हेतुले स्थापना गरिएको टोलीमा स्थानीय खेलाडीहरुको समेत सहभागिता रहेको छ।

क्रिकेट खेलमा उत्कृष्ट खेलाडी शन फिन्ले घोषित भएका छन् भने उत्कृष्ट बलर असन अलि घोषित भएका छन्।

अमेरिकामा पहिलो पटक आयोजना गरेको उक्त खेलमा इतिहास रच्न नेपाली टोली सफल भएको छ। मित्स्युबिसी कम्पनीको प्रमुख प्रायोजनमा अमेरिकामा सम्पन्न भएको उक्त खेलमा उपबिजेता ह्युस्टन स्पार्कले १७ हजार २ सय ५० डलर प्राप्त गरेको छ। खेल नोवेम्बर देखि १३ तारिखसम्म संचालन भएको थियो।

आयोजकले राष्ट्रका गौरब र शिर उच्च बनाउन सफल नेपालका चर्चित राष्ट्रिय क्रिकेटहरुलाई हौसला दिन नेपाली समुदायलाई आग्रह समेत गरेको थियो। यसको साथै नोवेम्बर ६ तारिख मेरिल्याण्ड राज्यको हयात्सभिलमा घाइते राहत कोष वृद्धिको साथै नेपाली राइनोस क्रिकेट कल्बका बिरुद्ध वाशिंगटन क्रिकेट क्लबका सबै खेलाडीहरु बीच मैत्रीपूर्ण तथा च्यारिटी (परोपकार) क्रिकेट खेल समेत आयोजना गरिएको थियो। प्रतियोगिताको मुख्य उद्देश्य नेपालका क्रिकेट खेलाडीलाई अमेरिकाको भ्रमण गराई घाइते राहत कोषको वृद्धि गर्नु रहेको छ।

राइनोस क्रिकेट कल्ब गैरमुनाफा सामाजिक संस्था युएसए नेपाल कम्युनिटी आउटरिच नेटवर्क ,टेक्सास नेपाली समाज ,डलास एवेरेस्ट लाइन्स कल्ब तथा अन्य नेपाली गैरमुनाफा सामाजिक संस्थासंग सहकार्य गर्दै अभियानलाई सफल बनाएको छ।

हुस्टनमा नोवेम्बर ९ देखि १३ तारिख सम्म चलेको प्रतियोगितामा नेपाल ,युएई ,बेलायत ,पाकिस्तान तथा अमेरिकाका अन्य क्लबहरुको सहभागिता रहेको थियो। टि -२० नामक प्रतियोगिता ५ दिनसम्म संचालन भएको थियो।





Comments

comments

Leave a Reply

15014