मनिपाल आजबाट खुल्ने

अर्जुन गिरी –
पोखरा, २ मंसिर । भदौ ७ गतेदेखि बन्द रहेको मनिपाल मेडिकल कलेजको पढाइ आज बिहीबारबाट सञ्चालन हुने भएको छ । अभिभावकको पहलमा बुधबार भएको छलफलपछि कलेज खुल्ने भएको हो । प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरिप्रसाद मैनालीको अगुवाइमा अभिभावकसहित आन्दोलनरत शिक्षक र कलेज प्रशासन बीचको छलफलले कलेज खुल्ने भएको अभिभावक जगन गुरुङले बताए।

शिक्षकहरुले ३ बुँदे माग राख्दै करिब ३ महिना पढाइ बन्द गरेका थिए । करारमा रहेका चिकित्सकलाई स्थायी बनाउनुपर्ने, समयसापेक्ष तलब वृद्धि गर्नुपर्ने र सट्टा बिदाको व्यवस्था गर्नुपर्ने उनीहरुको माग थियो । बुधबार कलेज प्रशासनले तलब वृद्धिको माग पूरा गर्ने भन्दै अन्य माग पनि छलफल गरेर टुंग्याउने भएका छन् । शिक्षा मन्त्रालय र विश्वाविद्यालयबाट प्रतिनिधि राखी अन्य मागबारे छलफल गर्ने प्रशासनले बताएको छ ।
शिक्षकका अन्दोलनका कारणनेपाली विद्यार्थी मात्र नभएर भारत, मालदिम्भ र श्रीलंकाबाट समेत गरीएमबिबिएसका ३ सय विद्यार्थीको पढाइमा असर पुगेको थियो ।विशेष गरी एमबिबिएसका ७ औं र ९ औं सेमेस्टरका विद्यार्थीहरुको पढाइमा मार परेको थियो।

कलेज प्रशासनकै कारण आन्दोलन लम्बिएको एक विद्यार्थीले बताए । ‘पहिलेनै आन्दोलनरत शिक्षकलाई छलफलमा बोलाएको भए यत्रो दिन पढाइ रोकिने थिएन,’ विद्यार्थीले भने, ‘धन्न ढिलै भए नि खुल्यो, नत्र अल्लि दिन बितेको भए हाम्रो सेमेस्टरै गुम्ने थियो ।’ आगामी दिनमा यस्तो गल्ती नहुन कलेज प्रशासनले ध्यान दिनुपर्ने उनको धारणा थियो ।बुधबार भएको छलफलले ४ बुँदे सहमति गरेको थियो । शिक्षकहरुको आन्दोलनले करिब ३ सय विद्यार्थी क्लिनिकल र सैद्धान्तिक पढाइ पढ्न पाएका थिएनन्।

समय अनुसार तलब वृद्धि गर्न कलेज व्यवस्थापन सहमत भएको छ ।सहमतिपछि विद्यार्थी खुसी भएका छन् ।यसअघि आन्दोलनरत र कलेज व्यवस्थापन पक्षबीच वार्ता हुन सकेको थिएन । यसबाट सातौं र नवौं सेमेस्टरका (तेस्रो र चौथो वर्षका) ३ सय विद्यार्थी प्रत्यक्ष अप्ठेरोमा परेका थिए । कलेजमा नेपालीलगायत भारत, श्रीलंका र मालदिभ्सका विद्यार्थी पढ्छन्।

बुधबारको छलफलमा आन्दोलनरत पक्षबाट नेतृत्वकर्ता डा. दीपक कोइराला, कृष्णचन्द्र रिजाल, कृष्ण सापकोटा र दिपेश कार्की सहभागी थिए । यसैगरी मनिपाल व्यवस्थापनबाट डीन बिएम नागपाल, मानव संसासधन तथा प्रशासन प्रमुख भानु भारद्वाज, सौरभ नारायण र जीवनाथ निउरे र अभिभावकमा मुकुन्द आचार्य, बाबुराम पन्त, जगनबहादुर गुरुङ र विश्वप्रकाश लामिछाने सहभागी थिए।





Comments

comments

Leave a Reply

15072