Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘यूके डान्स अफ २०१६’ को उपाधि जेनी सुनुवारलाई…

भूमिराज राई / एचकेनेपाल डट कम –
लण्डन। सपन इन्टरटेनमेन्टले पहिलो पटक यूकेमा आयोजना गरेको ‘यूके डान्स अफ 2016’ को उपाधि जेनी सुनुवारले हात पारिन्।

शनिवार सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा आयोजित प्रतियोगितमा ८ जना प्रतिस्पर्धीहरुलाई उछिनेर उनले सो टाइटल हात पारेकी हुन्।

नेपालकी चर्चित कोरियोग्राफर रेनासा बान्तवा राई, निर्माता तथा निर्देशक मिलन चाम्स्, नायिका प्रियंका कार्की, नायक सञ्जय गुप्ता, संचारकर्मी ‘भ्वाईस अफ नेपाल’ नरेश भट्टराई लगायतका निर्णायक मण्डलले क्रमश: दोश्रो स्थानमा काजल गुरुङ र तेश्रो स्थानमा पुनम गुरुङ र रिजा, नेहा, एन्जोलको समूहलाई संयुक्त रुपमा बिजेता छानेको थियो।

प्रतियोगितामा प्रथम हुनेले १२ सय पाउण्ड र युकेमा प्रसारण हुने नेपाली टिभिको बक्स साथै एक बर्षसम्म नि:शुल्क हेर्नको लागि सब्स्कृप्सन्, दोश्रो हुनेले ८ सय पाउण्ड र तेश्रो हुनेहरुले संयुक्त रुपमा ५ सय पाउण्ड नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे।

विजेतालाई वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी र पुरस्कार प्रायोजन गर्ने गोर्खासेफ ट्राभल कन्सोल अनि वाईबिसि कम्पनीकी निर्देशक श्रीमती रिता गुरुङलगायतले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतियोगिताको उद्धघाटन प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, गैरआवासीय नेपाली सँघ यूकेका अध्यक्ष मुच्छेत्र गुरुङलगायतले संयुक्त रुपमा गरेका थिए।

प्रतिष्पर्धामा आर्टिष्ट कल्चर ग्रुप, सविता एण्ड ग्रुप, जेनी सुनुवार, काजल गुरुङ, रिचा एण्ड स्नेहा, पुनम गुरुङ, श्रद्धा छन्त्याल, प्रतिष्ठा त्रिपाठी, योजना थापा र प्रमिला तामाङले भाग लिएका थिए।

प्रतियोगितामा चर्चित नायिका प्रियंका कार्कीले विशेष रुपमा दमदार प्रस्तुति दिंदै कार्यक्रमको रौनक बढाएकी थिइन्।

‘यूके डान्स अफ 2016’ को लागि १२ नोभेम्बरमा सम्पन्न अडिसनबाट एकल र समूह गरि १० टिम छानिएका थिए।

केहि कारण बस प्रतियोगी नम्बर एकले भने कार्यक्रममा प्रस्तुती दिन सहभागि नभएको जानकारी संचालक सुर्य गुरुङ र सरला गुरुङले दिए।

आयोजकले सहभागीहरुलाई फाइनल प्रतियोगितमा अडिसन राउण्डको युट्युब भिडियोबाट २५ प्रतिशत, अडियन्सबाट २५ प्रतिशत र निर्णायक मण्डलबाट ५० प्रतिशत अंक प्रदान गरिएको थियो।

कार्यक्रममा आर.के.स्क्वायरद्वयको साँगितिक प्रस्तुतिले सँगीतप्रेमीहरुलाई मनोरन्जन प्रदान गरेको थियो।

कार्यक्रममा कोरियोग्राफर टर्निङ डाईरेक्टर रेनासा राईले आफ्नो आगामी फिल्म ‘ईन्टु मिन्टु लण्डनमा’ फिल्मको घोषणा गर्दै नायिका साम्राज्ञीलक्ष्मी शाहसहित बेलायतकै दुई युबाहरुलाई सर्प्राईज दिंदै नायकको फाईनल भएको भन्दै स्टेजमा बोलाएर परिचय गराईन्।

भब्य रुपमा दर्शकहरुको उत्साह जनक उपस्थितिमा सम्पन्न ‘युके डान्स अफ 2016’ आयोजक र बिजयी प्रतियोगीहरुलाई हार्दिक बधाई।





Comments

comments

Leave a Reply

15228