Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रामदेवको चलाकी: पतञ्जली आयुर्वेद प्रालिमा मेरो होइन उपेन्द्र महतोको लगानी छ

योगगुरु रामदेवले पतञ्जली आयुर्वेद प्रालि, नेपालमा हालसम्म आफूले लगानी नै नगरेको दाबी गरेका छन्। उनले सोमबार विज्ञप्ति जारी गर्दै उक्त प्रालिमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र उनकी श्रीमती समता प्रसादको मात्र लगानी रहेको जनाएका छन्।

‘पतञ्जली आयुर्वेद प्रालि नेपालमा आजसम्म जे जति लगानी भएको छ, त्यो सबै डा. उपेन्द्र महतो र उहाँकी धर्मपत्नी डा. समता प्रसादबाट भएको हो। यसमा आजको मितिसम्म पतञ्जली आयुर्वेद लिमिटेड भारतको कुनै लगानी छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो योजना अनुसार भविष्यमा पतञ्जली आयुर्वेद लिमिटेड भारतबाट जे जति लगानी हुन्छ, त्यो सबै नेपाल सरकारको प्रचलित कानुनअनुसार प्रक्रिया पुर्‍याएर नै गरिनेछ।’ कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

15235