प्रवासमा रहेका नेपालीहरुलाई राज्यले अवहेलना गर्नु हुदैन: मन्त्री भण्डारी

विजय थापा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव बन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले प्रबासी नेपालीहरुलाई राज्यले सम्मानजनक व्यबहार गर्नुपर्ने र अपमान गर्ने अधिकार कसैलाई पनि नभएको धारणा ब्यक्त गरेका छन्।

अमेरिकाको लसएञ्जलसस्थित नेपाल अमेरिका एकता समाजको वार्षिक साधारण सभामा बोल्दै भण्डारीले प्रवासमा रहेका नेपालीहरुलाई राज्यले अवहेलना गर्न नहुने बताए। मुलुक छोडेर प्रवासको कर्मभूमीमा रहेका नेपालीहरुलाई आफ्नो जन्मभूमि फर्कन राज्यले उचित बातावरण तयार गर्नुपर्ने बताए।

अहिले देशको स्थिति अत्यन्त नाजुक रहेको र प्रमुख राजनैतिक दलहरुले एकै ठाउँमा रहेर सम्बादको माध्यमबाट साझा निकास खोज्नु पर्ने मन्त्री भण्डारीले बताए। त्यस्तै अर्का अतिथि सांसद राजु थापाले अहिले देशमा एकताको खाचो रहेको र प्रमुख तीन ठूला दलहरुले एकताको शुत्रमा बाँधिएर जटिल परिस्थितिको समाधान गर्नु पर्ने बताए।

नेपाल अमेरिका एकता समाजको अध्यक्ष सुर्य प्रसाईको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा महासचिब डोल्मा लामाले सस्थाको वार्षिक गतिबिधी समेटिएको प्रतिबेदन तथा कोषाध्यक्ष अन्जना बस्नेत पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य समाजसेवी राजेन्द्र शिवाकोटी, आजीबन सदस्यहरुको तर्फबाट सुदिप पन्त तथा अन्य वक्ताहरूले सुझाब तथा आफ्ना भनाई राखेका थिए।

कार्यक्रममा एकता समाजका पूर्वअध्यक्षहरु, पूर्व सल्लाहकारहरु एनआरएनका प्रतिनिधिहरु ,स्थानीय संघसस्थाहरुका प्रमुख एबं प्रतिनिधिहरु र एकता समाजको आजीबन एब साधारण सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो।





Comments

comments

Leave a Reply

15331