Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
पुष १ गतेबाट पोखरा रंगशालाबाट ड्राइभिङ्ग हट्ने… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पुष १ गतेबाट पोखरा रंगशालाबाट ड्राइभिङ्ग हट्ने…

केशब पाठक- पोखरा, ३० मंसिर । पोखरा रंगशालाभित्र करिव १२ वर्षदेखि गाडी सिक्ने थलोको रुपमा परिचित रहँदै आएको मुख्य थलोलाई अव हटाइने भएको छ। तर यो कुरा सत्य नभएको जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले बताए।

सातौ राष्ट्रिय खेलकुदलाई मध्ये नजर गर्दै १५ दिनका गाडी नचलाउन जिल्ला खेलकुदले पत्र पठाएको र पुष १५ सम्म मात्रै थाँती राखेको ड्राइभिङ्ग स्कुल संघ गण्डकीका अध्यक्ष तुल बहादुर ठकुरीले बताए। “हाम्रो सम्झौता २०७५ असार मसान्त सम्म छ र अहिले वढेको प्रतिशत अनुसार करिव ५० हजार मासिक भाडा जिल्ला खेलकुदलाई वुझाउँदै आएका छौं ।” यति बेला ५० भन्दा वढी मोटरसाइकल र ३० वटा कारले विहान पाँच वजेवाट साँझ ६ वजेसम्म नै गाडी सिक्न आउनेको भिड रंगशालामा देख्न सकिन्छ । रंगशालामा करिव २६ वटा व्यवसायिक ड्राइभिङ्ग इन्सिटिच्युटहरुले सिकाउँदै आएका छन्।

….
[wds id=”2″]
….

“लामो समय देखिको विवादित वन्दै आएको उक्त स्थानबाट अव १५ दिनलाई मात्र होइन सदाका लागि वन्द गरिनु पर्छ” लन टेनिस संघका अध्यक्ष विनोद कायस्थले वताए। ”गाडी चलाउँदा उडेको धुलोले लाखौ खर्च गरेर बनाएको कोर्ट समेत खैरो भइसक्यो, नत कतै वस्न नै मिल्छ” उनले भने “हजारौ खर्च गरेर लगाइएका रुखका विरुवा समेत मर्न लागे, धुलो पखाल्न मात्रै मासिक १५ हजारको पनी किन्नु पर्छ।”

”त्यति मात्रै होइन लन टेनिस सिक्न आउनेहरु माक्स लगाएर खेल्नु परेपछिको गति के होला ?” संघका सचिव लोक गुरुङले वताए । “पुष १बाट वन्द नगरे हामीले केही न केही त गर्छौ अव संधै यसरी हुँदैन।” अव पनि गाडी वा मोटरसाइकल सिक्न आए वाटोमा अवरोध गरिने उनले वताए । यस्तै भनाई थियो आर्चरी संघ कास्कीका अध्यक्ष योगेन्द्र शेरचनको “१२ लाख खर्चेर वनाएको तार जालीको बार हालत कहिं कतै पनि सद्धे छैन चारै तिर भत्किएको छ” उनले भने संघको शौचालयदेखि सवैकुरा गाडी सिक्न आउनेहरुले सर्वनाशै पारे कसलाई भन्ने ?” उनले भने –“भोलिदेखि सदाका लागि बन्द नगरे अव अवरोध गर्नेको विकल्प नै छैन ।” त्यसतै हालत क्रिकेटको पनि छ । विश्वकै उत्कुष्ट मानिएको क्रिकेट मैदानको पश्चिम पट्टीको तारवार प्रायः भत्किइ सकेको छ।

लामो समयदेखि विवादित ड्राइभिङ्ग सिक्ने थलोले पोखरा रंगशाला कुरुप बन्दै गएको विषयमा राष्ट्रिय खेलकुद परिषद, क्षेत्रिय खेलकुद र जिल्लाको निकाय जिल्ला खेलकुद विकास समितिलाई भने खासै चासो भएको देखिदैन । सिमित भाडाको लागि ड्राइभिङ्ग सिक्ने थलो त कहिले मेला र लाहुरे तालिमका कारण रंगशाला बदनाम हुन थालेको छ। यसमा खेलकुदका पदाधिकारीलाई खासै चिन्ताको विषय नभएको पनि प्रष्ट हुन्छ । टेनिस सघका सचिव गुरुङ अभिभावकले १५ वर्ष भन्दा मुनीका खेलाडीलाई टेनिस सिक्न पठाउन छाडेको गुनासो गर्दै थिए । “उनीहरुलाई यहाँको ड्राइभिङ्गका कारणले अभिभावकले पठाउनै छोडे जसका कारण भोलिका लागि खेलाडी उत्पानदमा समेत नकारात्मक प्रभाव परेको छ” गुरुङले भने।

जिल्ला खेलकुदले यो कुरा हटाउन जाँदा पटक–पटक २०७३ मंसिर ३० गते सम्मको सम्झौता देखाई टारेको आर्चरी संघका अध्यक्ष शेरचनले वताए । तर ड्राइभिङ्ग एशोसियशनले २०७५ असार मसान्तसम्म आफ्नो म्याद रहेको जनाएको छ । जिल्ला खेलकुदका कार्यालय प्रमुख बरालले सम्झौता २०७४ असार मसान्त सम्म रहेको वताए।

सम्झौताको कुरामा समेत जिल्ला खेलकुद र संघहरुका विच मनमुटाव बढ्दै गएको प्रष्ट हुन्छ । पोखरा रंगशालामा आम्दानी गर्ने विकल्प धेरै नै रहे पनि किन यही कुरालाई मात्र अगाडी वढाँउछ पक्कै पनि त्यसमा ‘दालमे कुछ काला है’ कायस्थ भन्छन् –“पक्कै पनि केही तलमाथि नभएसम्म यो कुरा सम्भव नै छैन ।” तर यसमा कार्यालय प्रमुख बरालले जे जस्तो सम्झौता भए पनि सातौ राष्ट्रिय खेलकुदपछि बोर्डको वैठक बसेर निर्णय गरिने बताए । “निर्णय आउँछ त्यो सकारात्मक नै हुने छ उनले भने ।” तर वरालको कुरामा, संघका पदाधिकारीहरु भने संशकित नै छन।





Comments

comments

Leave a Reply

15462