पूर्वराजा ज्ञानेन्द्र शाह छोरा पारसबाहेक स-परिवार थाइल्याण्ड भ्रमणमा निस्किएका छन्। नातिनातिनालाई थाइल्याण्ड, सिंगापुर, मलेसियालगायतका मुलुक भ्रमण गराउन भन्दै पूर्वराजा भ्रमणमा निस्किएका हुन्।
बुहारी हिमानी बसोबासको प्रवन्ध मिलाउन भन्दै पुस १ गते नै थाइल्याण्ड पुगेकी थिइन्।
पूर्वरानी कोमल, नाति हृदयेन्द्र, नातिनीद्वय कृतिका र पूर्णिका पुस ४ गते थाइल्याण्ड गएका हुन्। पूर्वराजा ज्ञानेन्द्र आफ्ना स्वकीय सचिव सागरलाई लिएर यही १३ गते थाइल्याण्ड गएका हुन्। भ्रमणमा धीरेन्द्र पुत्रीत्रय सिताष्मा, दिलासा, र पूजासमेत गएका छन्।
….
[wds id=”2″]
….
१५ जनाको उक्त भ्रमण टोली थाइल्याण्डस्थित आफ्नै भाडाको फ्लाटमा बस्ने कार्यक्रम रहेको खबर नेपाल समाचार पत्रले छापेको छ।
उनीहरू पुत्र पारसलाई छोडेर एक महिना लामो थाइल्याण्ड भ्रमणमा निष्किएका हुन्। सबैले छोडेर गएपछि पुस १५ गते जन्मदिन मनाउने पारसको जन्मदिन खल्लो रह्यो।
पारसलाई जन्मदिनको शुभकामना दिन अति निकट साथीभाइ बालसखा र युवा हिन्दुवादी महासंघ तथा शिवसेनाका पदाधिकारीहरूमात्र थिए। उनीहरू सुनाकोठीस्थित निवासमा पुगेका थिए।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)