Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धरानको अपाङ्ग पुर्नस्थापना केन्द्रलाई बेलायतबाट सहयोग

धरान / एचके नेपाल डटकम – ब्रिटिस गोरखा आर्मी युकेमा कार्यरत भवानीप्रसाद लिम्बु र उनकी श्रीमती रेनुका लिम्बुले आफ्ना १३ बर्षीय जेठा छोरा रिजुल लिम्बुको जन्मदिनको अवसर पारेर धरान-४ छाता चोकस्थित अपाङ्ग पुर्नस्थापना केन्द्रमा आश्रित २७ जना अपांग बालबालिका तथा बृद्धहरुलाई एक छाक खाना खुवाएर मनाएका छन्।

हाल युकेमै रहेपनि रिजुलले आफ्नो जन्मदिनको अवसरमा अनाथ – अपांगहरुलाई सहयोग गर्ने मनसाय व्यक्त गरेपछि धरानमा रहेका आफ्ना बाजे प्रेमकुमार मादेन र आन्टी इक्सा मादेन मार्फत शनिबार आफ्नो १३ औ जन्मदिन मनाएका छन्।

खानासंगै पुर्नस्थापना केन्द्रमा अपुग पांच थान डसना समेत रिजुलले आफ्नो परिवार मार्फत सहयोग गरेका छन्।

छोराको नाममा जन्मदिनको अवसर पारी सानो भएपनि सहयोग गर्न पाउँदा आफूहरु एकदमै खुसी भएको भवानी प्रसाद लिम्बु र उनकी श्रीमती रेनुका लिम्बुले बताए।

यसरी पार्टी गरेर फिजुल खर्च गर्नु भन्दा सबैले आफ्नो गच्छे अनुसार सहयोग गरे अनाथ – अपांगहरुले छाक टार्न सजिलो हुने पुर्नस्थापना केन्द्रका संचालक भिम राईले बताए। आजकल देश- विदेशमा रहेका महानुभावको माया – सदभावले केन्द्र संचालनमा सहयोग पुगिरहेको संचालक राई बताए।

अनावश्यक खर्च भन्दा यसरी सहयोगको हात फिजाईरहेका अनाथ- अपांगहरुलाई सहयोगको पुण्य कार्यक्रममा सहभागी हुन पाउँदा आफु एकदमै खुसि भएको मिस पूर्वाञ्चल २०१६ सेकेन्ड रनर अप समेत रहेकी इक्सा मादेनले बताईन । आफ्नो ट्रेनिङको समयमा सामजिक कामहरुमा आफूलाई सक्रिय बनाउने सिकेको बताउंदै भबिष्यमा आफूले पनि भ्याएसम्म यस्ता सामाजिक काममा हात बटाउने मादेनले बताइन्।
….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

15852