रक्सीको खाएको भन्दै श्रीमानको हत्या, यसरी भयो घटना

रक्सी खाएको विषयमा विवाद हुँदा एक महिलाले चक्कुले घाँटीमा प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् । काठमाडौं गौरीघाट बस्ने ४१ वर्षीय सरस्वती तामाङले सोमबार बेलुका श्रीमान् सुमन तामाङको हत्या गरेकी हुन् । सरस्वतीलाई प्रहरीले पक्राउ गरेको छ।

सुरुमा प्रहरीले घटनाबारे सोध्दा आफन्तले रगत बान्ता गरेको बताएका थिए । तर, मृतकको टाउको र शरीरमा पनि रगत देखेपछि अनुसन्धानका लागि गौशाला वृत्तका डिएसपी कार्की आफैं घटनास्थल पुगेका थिए । डेरामा सरस्वती रोहिरहेकी थिइन्।

सुरुमा उनले पनि प्ररीलाई रगत बान्ता गरेको बताइन् । तर, प्रहरी केरकारमा उनले झगडा हुँदा रिसमा चक्कुले हान्दा घटना भएको बताइन्।
….

….
यसरी भयो घटना

महानगरिया प्रहरी वृत्त गौशालाका डिएसपी नवराज कार्कीका अुनसार सोमबार बेलुका रक्सीले मातिएर पुगेका सुमनले श्रमतीलाई गाली गर्न थालेपछि दुईबीच झगडा सुरु भएको थियो । त्यसपछि सरस्वतीले तरकारी काट्दै गरेको चक्कुले घाँटीमा प्रहार गरेकी थिइन्।

गहिरो चोट लागेर रगत बग्न थालेपछि भने उनी रोइकराई गर्दै छिमेकीसँग गुहार माग्न पुगेकी थिइन् । अस्पताल लैजान ट्याक्सी बोलाए पनि धेरै रगत बगेकाले आफू फस्ने भन्दै ट्याक्सीचालकले अस्पताल लैजना नमानेपछि प्रहरीलाई खबर गरिएको थियो।

त्यतिबेलासम्म धेरै ढिला भइसकेको थियो । प्रहरीले हेल्पिङ ह्यान्ड अस्पताल पुर्याएको १० मिनेटमै सुमनको मृत्य भएको खबर नयाँ पत्रिकामा छ।
….
….





Comments

comments

Leave a Reply

15944